समाचारबिहीबार, बैशाख ३, २०७२
जाजरकोटमा फ्लूबाट मृत्यु हुनेको संख्या १८ पुग्यो

तस्वीर: बद्री पन्त
दुई सातादेखि जाजरकोटमा फैलिएको फ्लूबाट थप १ जनाको मृत्यु भएको छ ।
२ चैत राति जाजरकोटको नायकवाडा- ४ का ५५ वर्षीय शरण चलाउनेको मृत्यु भएपछि फ्लूको महामारीबाट मृत्यु हुनेको संख्या १८ पुगेको हो ।
१ वैशाखमा मात्रै टालेगाउँ– २ की मैसरा सिंह, ३ की लछी नेपाली, ५ की धनकला दमाई र ६ का हस्ते कामीको मृत्यु भएको थियो ।
जाजरकोटका अति दुर्गम गाविसहरु नायकवाडा, सकला, पैंक, अर्छानी, टालेगाउँ, पजारु लगायतका गाविसका वासिन्दामा ज्वरो आउने, छाती दुख्ने, हातखुटुटा झम्झमाउने जस्ता लक्षण देखिने रोगबाट विरामी पर्नेको संख्या बढदै गएको छ ।
अति दुर्गम गाविसहरुबाट उपचारका लागि सदरमुकामसम्म पैदलै आउनु पर्ने वाध्यता र सदरमुकाममा समेत उपचारको उचित सुविधा नहुँदा मृतकको संख्या बढिरहेको छ ।
रोगबाट पैंक गाविसमा १०, अर्छानीमा १ र टालेगाउमा ५ को ज्यान गैसकेको छ ।
टालेगाउँमा पाँच जनाको मृत्यु भएको खवर आएपछि सदरमुकामवाट नेपाली सेनाका चिकित्सकको टोली त्यसतर्फ खटिएको छ ।
बद्री पन्त, जाजरकोट
