थप समाचारबिहीबार, बैशाख ३, २०७२
ग्राण्डी अस्पताल अव सर्वसाधरणको पहुँचमा
-देबकी बिष्ट
काठमाडौंस्थित ग्राण्डी अस्पतालले सर्वसाधरणको पहुँज पुग्नेगरी नयाँ सेवा सुरु गरेको छ ।
कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले ३ चैतमा उद्घाटन गरेको ‘सिद्धार्थ वार्ड’ सेवा अन्तर्गत अस्पतालले बेडसहितको उपचार खर्च पाँच सय रुपैयाँ मात्रै लिने जनाएको छ ।
ग्राण्डी अन्र्तराष्ट्रिय अस्पतालका निर्देशक चक्रराज पाण्डेले सर्वसाधरणका लागि यो सेवा सुरु गरेको बताए । मह जोडीलाई सिद्धार्थ वार्डका बेड र कोठाहरु देखाउदै निर्देशक पाण्डेले भने, ‘‘अव पैसाको अभावमा ग्राण्डी अस्पताल भर्ना नहुनुपर्ने समस्या हट्नेछ ।’’
ग्राण्डीले यो सेवा अन्तर्गतको वार्डमा २७ वेड राखेको छ । नेपाल सरकारको ‘सबैका लागि स्वास्थ्य’ नारालाई सहयोग पुर्याउन पनि यो सेवा थालेको अस्पतालले जनाएको छ ।
उद्घाटनपछि हरिवंश आचार्यले श्रीमती गुमाउनुको अनुभूव सुनाए । ग्राण्डीले अन्तर्राष्ट्रिय स्तरको उपचार गर्न थालेकाले धेरै नेपालीलाई सहज हुने आचार्यले बताए ।
उनले भने, ‘‘नेपालमा स्तरीय र सुलभ स्वास्थ्य सेवा भइदिएको भए मैले श्रीमती गुमाउनुपर्दैनथ्यो होला ।’’
ग्राण्डीले थालेकाे याे सेवाकाे अवलाेकनपछि एमाअाेवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले अव मर्न विदेश जान नपर्ने बताएका छन् । उनले लेखेका छन्, ” अत्याधुनिक साधन र सुविधायुक्त अस्पताल देखेपछि अव शायद मर्न विदेश जानुपर्दैन कि भन्ने आशा पलाएको छ !”









