समाचारशुक्रबार, बैशाख ४, २०७२

सदभावना पार्टीद्वारा दुई दललाई एकीकरणका लागि प्रस्ताव

हिमालखबर

सदभावना पार्टीले नेपाल सदभावना पार्टी र नेपाल सदभावना पार्टी (गजेन्द्रवादी) लाई एकीकरणलागि औपचारिक प्रस्ताव गरेको छ ।

राजेन्द्र महतोको नेतृत्वमा रहेको सदभावना पार्टीले अनिल झा अध्यक्ष रहेको नेपाल सदभावना पार्टी र विकास तिवारी नेतृत्वको सदभावाना पार्टी (गजेन्द्रवादी) लाई पार्टी एकीकरणका लागि पत्र पठाएको हो ।

पार्टीले अन्य दलहरुसँग एकीकरणका लागि सह–अध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठन गरेको कार्यदलको ४ बैशाखमा बसेको बैठकले औपचारिक रुपमा एकीकरणका लागि दुई वटा दललाई पत्र पठाएको महासचिव मनिषकुमार सुमनले जानकारी दिए ।

“यसअघि पनि एकीकरणका लागि अनौपचारिक वार्ताहरु भएका थिए, त्यसै सन्दर्भलाई अघि बढाउँदै एकीकरणका लागि औपचारिक प्रस्ताव गरेका हौं,” कार्यदलका सदस्य समेत रहेको सुमनले भने ।

सदभावना पार्टी र नेपाल सदभावना पार्टीले ३ वैशाखमा पार्टी स्थापनाको रजत जयन्ती बेग्ला–बेग्लै मनाएका थिए । महतो लगायतका नेताहरु नेपाल सदभावना पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी समेत भएका थिए ।

संविधानसभामा एक जना प्रतिनिध रहेको अनिल झा नेतृत्वको संघीय सदभावना पार्टी र सरिता गिरी नेतृत्वकाे नेपाल सदभावना पार्टीबीच गत महिनामात्रै एकीकरण भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>