समाचारशुक्रबार, बैशाख ४, २०७२
एमाले सरकारबाट बाहिरिन्छः विद्या
नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारीले संविधान निर्माणमा ढिलाई भएमा एमाले सरकारबाट बाहिरिने बताएकी छिन् ।
उनले पार्टी निकट महिलाहरुको पोखरामा भएको भेलामा भनिन्, ‘‘सरकार संविधान बनाउन गठन भएको हो । संविधान बन्दैन भने एमाले सरकारमा बस्दैन ।’’
उनले पदका लागि मात्रै एमाले सरकारमा नगएको बताइन् । भण्डारीले एमाओवादीले संविधान बनाउन नचाहेको आरोप पनि लगाइन् ।
