समाचारशुक्रबार, बैशाख ४, २०७२

प्रधानमन्त्रीले भने, ‘पढेका मान्छेहरु नअात्तिनुहाेस् म छु नि’

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाले समाज र मुलुकलाई सुधार गर्ने व्यक्तिहरु कहिल्यै निराश हुन नहुने बताएका छन् ।

उनले प्रधानमन्त्री निवास बालुवाटार पुगेकाे दायित्व अभियानका प्रतिनिधिहरुसँग भने, “तपाईहरु खोजेजस्तो परिणाम नआएर निराश त हुनु भएको छैन ?, निराश नहुनुहोला म तपाईहरुको साथमा छु नि ।”

दायित्व अभियान विदेशमा अध्ययन पुरा गरेका नेपाली विद्यार्थीहरुले स्वदेशमा फर्केर मुलुकलाई आवश्यक परेका क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापित र सञ्चालित स्वयंसेवी गैरसरकारी संस्था हो ।

यसले विदेशमा उच्च शिक्षा हासिल गरेका नेपालीहरुलाई स्वदेशमा फर्काएर नेपालका ठाँउठाँउमा सामूहिक उद्यमशीलता विकास, विधायिकाका सभासद्हरुलाई उनीहरुको काममा सघाउने स्वयंसेवी सहयोगीको व्यवस्था, सरकारी निकायहरुमा स्वयंसेवी उपलब्ध गराएर व्यक्ति र संस्थालाई सबल बनाउन सहयोग आदि गर्दै आएको छ ।

प्रधानमन्त्रीले देशको भविष्य युवाहरुको हातमा आउने बताउदै देश निर्माणको कार्यमा युवाहरुलाई नै अग्रसर हुन आग्रह गरे ।

उनले दायित्व टीमले अत्यन्त सामयिक कदम शुरु गरेको बताउदै स्वदेशी जनता अगाडि नसरी कुनै पनि मुलुकको विकास नभएको उल्लेख गरे ।

सो अवसरमा दायित्व अभियानका कार्यकारी निर्देशक डा. पुकार श्रेष्ठले विदेशमा अध्ययन गरेका युवाहरुको परिकल्पना, सीप, व्यहारलाई राष्ट्रनिर्माणमा लगाउने अभिप्रायले निजी क्षेत्र, गैरसरकारी सामाजिक क्षेत्र र सरकारी क्षेत्रमा अभियानका स्वयंसेवीहरुले अन्तरंग अभ्यासबाट पाएका अनुभवहरुका आधारमा कमजोरी सुधार गरी कार्यान्वयनमा जाँदा हरेक नीति र कार्यक्रम प्रभावकारी र परिणाममुखी हुने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>