समाचारशनिबार, बैशाख ५, २०७२

कांग्रेस-एमालेको सत्ता लोभले संविधान बनेन: दाहाल

हिमालखबर

dahalएमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकार केन्द्रित दल सत्ता टिकाउने खेलमा लागेका कारण समयमै संविधान जारी हुन नसकेको आरोप लगाएका छन् ।

उनले सत्तामा रहेका दलहरुले सत्तामै टिकिरहने सोच बनाउँदा संविधान लेखनतिर ध्यान नदिएको समेत आरोप लगाए ।

भैरहवा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ३० दलीय मोर्चाका संयोजक समेत रहेका दाहालले अहिले मोर्चामा देखिएको खटपट सामान्य भएको दाबी गर्दै केही दिनमा त्यसको समाधान हुने दाबी गरे ।

उनले विपक्षी मोर्चा सहमतिमा संविधान जारी गर्ने सोचमा रहेकाले सरकार र बाहिर बसेका सम्पूर्ण दल मिल्नाको विकल्प नभएको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>