समाचारशनिबार, बैशाख ५, २०७२

अप्रेशन थियटरमा आगलागी, दुई करोडको क्षति

हिमालखबर

दाङको घोराही–११ स्थित गोर्खा अस्पतालको अप्रेशन थियटरमा ५ वैशाख दिउँसो आगलागी हुँदा करिब दुई करोड बराबरको क्षति भएको छ ।

विद्युत सर्ट भएर लागेको आगालागीबाट अप्रेसन कक्षमा रहेका महत्वपूर्ण मेसिन तथा औजार जलेर नस्ट हुँदा करिब रु दुई करोड २५ लाख बराबरको क्षति भएको अस्पतालले जनाएको छ ।

आगो घोराही नगरपालिकाको दमकल, स्थानीयवासी तथा सुरक्षाकर्मीको सक्रियतामा नियन्त्रणमा आएको अस्पतालका डाक्टर जनार्दन पन्थीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>