समाचारशनिबार, बैशाख ५, २०७२
हुुरीले ढालेको रुखले किचेर तीन जनाको मृत्यु
बर्षासँगै आएको हुरीले रुख ढालेपछि किचिएर पाँचथरमा तीन जनाको मृत्यु भएको छ ।
प्राङवुङ–३, पाँचथरका ५२ बर्षीय श्रीप्रसाद खपाङगी, उनका छोरा १७ बर्षीय मनोज खपाङगी र भतिजा १९ बर्षीय अनिष खपाङगीको मृत्यु भएको हो ।
सिक्किमको सोमवारे वजारवाट सामान खरिद गरेर फर्कदै गरेका उनीहरुलाई रुखले किचेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख दिपक पोखरेलले बताए ।
-लक्ष्मी गौतम, पाँचथर
