समाचारशनिबार, बैशाख ५, २०७२
इभाना मानन्धर भइन् मिस नेपाल- २०१५
यस वर्षको मिस नेपालको उपाधी इभाना मानन्धरले जितेकी छन् । ५ वैशाखमा काठमाडौंमा सम्पन्न प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा १८ प्रतियोगीलाई पछि पार्दै इभानाले ताज जितेकी हुन् ।
मिस नेपाल– २०१५ को फष्ट रनरअप दिब्यता बैद्य र सेकेन्ड रनरअपको उपाधी मेधा कोइरालाले हात पारे ।
मिस नेपाल २०१५ की विजेता मानन्धरलाई २०१४ की मिस नेपाल सुुबिन लिम्बुले ताज पहिराएकी थिइन् ।
काठमाडौंकी स्थायी वासिन्दा इभानाले अमेरिकाबाट स्नातक गरेकी छन् । मिस नेपाल(२०१५ मा सहभागी हुनकै लागि अमेरिकामा रहेकी उनी काठमाडौं आइपुगेकी थिइन् ।
५ फिट ४ इन्च अग्ली २३ वर्षीया इभानाको गायन, नृत्य र भ्रमणमा रुचि छ ।
