समाचारआइतबार, बैशाख ६, २०७२

नापी सर्वेक्षक घुससहित पक्राउ

हिमालखबर

जिल्ला नापी कार्यालय बाँकेका नापी सर्वेक्षक देबेन्द्रप्रसाद कुम्हार घुस सहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग १० हजार घुस लिएको आरोपमा सर्वेक्षक कुम्हारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय कोहलपुरले ६ बैशाखमा पक्राउ गरेको हो ।

जग्गाको कित्ताकाट गर्नका लागि सेवाग्राहीसँग घुस लिएको भन्ने सूचनाका आधारमा घुस सहित सर्वेक्षक कुम्हारलाई पक्राउ गरिएको अख्तियार सम्पर्क कार्यालय कोहलपुरका प्रमुख बसन्त कुँवरले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>