थप समाचारसोमबार, बैशाख ७, २०७२

चितवनमा नयाँ चरा फेला, गुँड गणना सकियो

हिमालखबर

गृष्मऋतुमा बसाइँ सरेर बच्चा कोरल्ने चराको अवस्था पत्ता लगाउन चितवनमा थालिएको चराको गुँड गणना कार्य सकिएको छ ।

वर्ड एजुकेसन सोसाइटी चितवनको अगुवाइमा विभिन्न सङ्घसंस्थाको सहभागितामा गएको हप्तादेखि गुँड गणना थालिएको थियो ।

गणनाका क्रममा चितवन निकुञ्ज आसपासमा २५० प्रजातिका चराको गुँड फेला परेको सोसाइटीका अध्यक्ष बासु बिडारीले जानकारी दिए । उनका अनुसार गएको वर्षभन्दा अहिले चराको गुँडमा उल्लेख्य वृद्धि भएको पाइएको छ ।

गणनाका क्रममा चितवन निकुञ्जभित्र यसपालि नयाँ चरासमेत भेटिएको उनले बताए । दुर्लभ मानिने फुस्रे भूँइ रविन नामको नयाँ चरा चितवनमा फेला परेको चराविज्ञ टीका गिरीले जानकारी दिए ।

चितवनमा योसहित दुईवटा नयाँ चरा फेला परेको छ ।

केही दिनअघि चितवनको सौराहामा १० वर्षदेखि नदेखिएको विश्वमै दुर्लभ मानिएको नयाँ चरा कास्मिर फ्लाइक्याचर (कास्मिर अर्जुनक) नामको चरा फेला परेको थियो ।

अहिलेको समयमा प्रायः बाहिरबाट निकुञ्जमा बच्चा कोरल्न चराहरु आउने गर्दछन् । वर्ड एजुकेसन सोसाइटी र चितवन निकुञ्जले गणना सुरु गरेको हो । यसका लागि १२ जना चराविज्ञ खटिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>