समाचारसोमबार, बैशाख ७, २०७२

असार मसान्तभित्र संविधान जारी गर्ने सहमति

हिमालखबर

Dhunganaनेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुङ्गानाले दलहरुवीच असार मसान्तभित्र संविधान जारी गर्ने गरी सहमति बनेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले ७ वैशाखमा आयोजना गरेको साक्षात्कारमा ढुंगानाले आजै भएको प्रमुख दलका शिर्ष नेताहरुको बैठकले ‘आईसब्रेक’ गरेको बताए । उनले एमाओवादीले जातीय पहिचानको कुरा छाड्ने वित्तिकै विवाद मिल्ने विश्वास ब्यक्त गर्दै पाँच जिल्लाको विवादलाई पछि टुङग्याउने गरी समेत अहिले संविधान जारी गर्न सकिने बताए ।

ढुङ्गानाले सहमतिकै साथ संबिधान जारी गर्ने वातावरण बनेको दाबी गर्दै प्रधानमन्त्री सुशील कोइराला ईण्डोनेसियाबाट फर्किनु अघि नै सहमति बन्न सक्ने सम्भावना ब्यक्त गरे ।

एमाओवादीका कोषाध्यक्ष हरिबोल गजुरेलले ७ वैशाखको छलफलले सकारात्मक बातावरण बनाएको भन्दै आगामी संविधानसभाको बैठकमा आफूहरु सहभागि बन्ने आधार निर्माण भएको बताए ।

ठोस सहमति भई नसकेपनि सहमतिमा संविधान बनाउनु पर्छ भन्ने सबैले महशुस गरेको सुनाउँदै पाँच जिल्लाको विवाद संघीय आयोगलाई जिम्मा दिएर सहमति गर्न आफूहरु तयार रहेको गजुरेलको भनाई थियो ।

उनले शासकीय स्वरुपमा असहमति भए पनि काग्रेसकै प्रस्ताव मानेको जानकारी दिदै बहुपहिचानसहितको जातीय पहिचान झल्कने नाममा सहमति भए आफूहरु छ प्रदेश मान्न समेत तयार रहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>