समाचारमंगलबार, बैशाख ८, २०७२

चन्द माओवादीद्वारा एमाओवादी र एमाले नेताका घरजग्गा कब्जा

हिमालखबर

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) ले दोलखाको सिङ्गटीका दुई नेताको घर र जग्गा कब्जामा लिएको घोषणा गरेको छ ।

माओवादी दोलखाले सिङ्गटीस्थित लादुक–८ को पूर्वसांसद एवम् एमाओवादी नेता जितवीर लामाको एक कच्ची घर र एमाले नेताले सञ्चालन गर्न लागेको लामिडाँडा–६ को सामुदायिक स्वास्थ्य प्रवद्र्धन केन्द्रको जग्गामा पार्टीको झन्डा गाडी आफ्नो कब्जामा लिएको विज्ञप्तिमार्फत जनाएको छ ।

दोलखाका २० गाविसका जनताको स्वास्थ्य प्रवद्र्धनका लागि भन्दै लिइएको जग्गामध्ये धेरै जग्गा संस्थाकै पदाधिकारी एवम् एमाले नेताहरु कुमार खड्का, प्रकाश केसीले आफ्नो नाममा पास गरेको आरोप लगाउँदै आफूले कब्जा गरेको माओवादीले उल्लेख गरेको छ । खड्का र केसी दुवै एमाले जिल्लास्तरीय नेता हुन् ।

त्यसैगरी पूर्वसांसद जितवीर लामाले दोलखाको लादुक–८ सिङ्गटीमा २०५८ सालमा एउटा कच्ची घर बिक्री गरेर पैसा लिए तापनि पास नगरेको भन्दै घर कब्जा गरेको माओवादीले जनाएको छ ।

पूर्वसांसद लामाले आपसी सहमतिमा डम्बरबहादुर बुढाथोकीलाई घर बिक्री गरेका थिए ।

पार्टीका तर्फबाट लामालाई लिखित र मौखिक रुपमा विगतको आपसी सहमतिअनुसार बुढाथोकीलाई घर पास गरिदिन गरेको आग्रह अटेर गरेकाले पार्टीले कब्जा गर्नु परेको चन्द माओवादीका अर्का नेता अर्जुन योगीले बताए ।

२०४८ सालमा एमालेका तर्फबाट दोलखा क्षेत्र नं २ बाट निर्वाचित सभासद् लामा अहिले एमाओवादीका केन्द्रीय सदस्य भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>