समाचारमंगलबार, बैशाख ८, २०७२

फादर ग्याफ्नेको हत्याका अभियुक्त पक्राउ

हिमालखबर

सेन्ट जेभियर्स स्कुल जावलाखेलका फादर टम ग्याफ्नेको हत्या भएको १८ वर्षपछि प्रहरीले हत्यारा पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुरको सेन्ट जेभियर्स स्कूलका फादर  थमस ग्याफ्नेको हत्यामा संलग्न भएको आरोपमा  गोकुल भनिने ढालबहादुर खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

२८ मंसीर २०५४  मा  राति साढे १० बजे ललितपुरको झम्सिखेलस्थित निवासमा रहेका ग्याफ्नेलाई खड्काले खुकुरी प्रहार गरी हत्या गरेपछि दराजमा रहेको २२ हजार रुपैयाँ लिएर फरार भएको  एसएसपी पुस्कर कार्कीले बताए ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयमा ८ बैशाखमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले भारतमा बस्दै आएका खड्का लाई  काकडभिट्टाबाट पक्राउ गरिएको बताएको छ ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>