समाचारमंगलबार, बैशाख ८, २०७२
चन्द माओवादीद्वारा वकिललाई कालोमोसो
बाँकेमा कार्यरत कानून व्यवसायीलाई चन्द माओवादीले जनकारबाही भन्दै कालोमोसो दलेको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले ८ बैशाखमा वकिल सुकैलाल बर्मालाई नेपालगञ्जको चारबाहिनी चोकमा कालोमोसो र जुत्ताको माला लगाइएको नेकपा माओवादी बाँकेले जनाएको छ ।
बर्माले बाँकेको हिरमिनिया गाविसका व्यक्तिहरुको जग्गा जाली तमसुक र किर्ते कागजात बनाई आफ्नो र आफ्ना आफन्तको नाममा दर्ता गरेको पनि माओवादीले आरोप लगाएको छ ।
बर्मा एमाओवादी निकटका कानून व्यवसायी हुन् ।
केशव राना बाँके
