थप समाचारबुधबार, बैशाख ९, २०७२

बस दुर्घटनामा परेकालाई लिन भारतको विशेष विमान आउँदै

हिमालखबर

भारतीय राजदूत रञ्जित रे अस्पतालमा घाइतेलाई भेट्दै ।

भारतीय राजदूत रञ्जित रे अस्पतालमा घाइतेलाई भेट्दै ।

नौबिसे बस दुर्घटनामा मृत्यु भएका आफ्ना नागरिकको शव लिन भारत सरकारको विशेष विमान काठमाडौं आउने भएको छ ।

भारतीय विदेश मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासले दुर्घटनामा मृत्यु भएका र सकुशल रहेका समेतलाई लिन भारतबाट विशेष विमान आउने तयारीमा रहेको जानकारी गराएका हुन् ।

आइएल ७६ विमान १०  वैशाख दिउँसो आउने भएको हो । यसअघि विमान ९ वैशाख राति आइपुग्ने भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जनाएको भए पनि विमान १० वैशाख दिउँसो मात्रै आइपुग्ने काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

घटना भए लगत्तैदेखि सक्रिय भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास सरुपले घटनामा मृत्यु भएका र घाइतेहरु लगायतको नामाबली सामाजिक सञ्जाल, वेभसाईट र सञ्चारमाध्यमहरुमार्फत प्रवाह गरिरहेका छन् ।

tweetउनले आफ्ना नागरिकप्रति सरकार जिम्मेवार रहेको भन्दै काठमाडौंका अस्पतालमा भर्ना भएका घाइतेहरु प्रत्येकलाई भेट्न दूतावासका कर्मचारी पुगेको र उपचारमा कुनै कमी हुन नदिने भन्दै पीडित परिवारलाई आश्वास्त पार्ने प्रयास गरेका छन् ।

त्यसैगरी मृतकहरुको शव भारत लैजानका लागि आवश्य प्रक्रिया पूरा गर्न नेपाली अधिकारीहरुसँग समन्वय भइरहेको र भोली विहानसम्म सबै औपचारिकता पूरा गरी सक्दो चाँडो घाइते र मृतकहरुलाई भारत लगिने पनि विदेशमन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>