समाचारबिहीबार, बैशाख १०, २०७२

अर्को बैठकबाट प्रक्रिया शुरु हुन्छः सभाध्यक्ष नेम्बाङ

हिमालखबर

BICCसंविधानसभाकोे बैठक १७ वैशखसम्मका लागि स्थगित भएको छ ।

संविधान निर्माणका लागि प्रक्रिया शुरु गर्ने भनिएको बैठक दलहरुबीच सहमति बन्न नसक्दा थप एक साताका लागि स्थगित गरिएको हो ।

बैठकलाई सम्बोधन गर्दै सभाध्यक्ष सुवास नेम्वाङले दलहरुलाई संविधानका अन्तर्वस्तुमा सहमतिका लागि समय दिइरहँदा पनि सहमति हुन नसकेको भन्दै १७ वैशाख अपराह्न ३ बजे बस्ने बैठकमा संविधान निर्माणको प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन् ।

उनले एकसाताभित्र पनि संविधानका विवादित विषयमा सहमति नभए प्रश्नावलीमाथिको मतदान र संविधान मस्यौदाको प्रक्रिया अघि बढाइने बताए ।

आजको बैठकमा एमाओवादी नेतृत्वको मोर्चाका सभासदहरु सहभागी भएनन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>