थप समाचारबिहीबार, बैशाख १०, २०७२

सिके राउतलाई सफाई

हिमालखबर

raut-300x204राज्य विप्लवको मुद्दा लागेका सिके राउतलाई विशेष अदालतले सफाई दिएको छ।

२२ असोज २०७१ मा देश टुक्राउने अभियान सञ्चालन गरेको भन्दै राउत विरुद्ध मुद्दा विशेष अदलातमा मुद्दा परेको थियो।

विशेष अदालतका न्यायाधीशहरु मोहनरमण भट्टराई, पवनकुमार शर्मा र महेश प्रसाद पुडासैनीको इजलासले राउतको मुद्दाको अन्तिम सुनुवाई गर्दै मुद्दा खारेज गरेको हो।

मधेशलाई छुट्टै ‘राज्य’ बनाउने भन्दै सभा गर्दै हिँडेका राउतलाई प्रहरीले २८ भदौमा मोरङको रंगेलीबाट पक्राउ गरेको थियो ।

त्यसबेला अदालतले मागेको धरौटी नबुझाएर कारागार चलान भएका राउत ८ मंसीरमा रु. ५० हजार धरौटी बुझाएर रिहा भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>