थप समाचारबिहीबार, बैशाख १०, २०७२
ओबामाकी हजुरआमा मक्काको यात्रामा
अरब मिडियाका अनुसार अमेरिकी राष्ट्रपति बराक ओबामाकी हजुरआमा सारा ओमर मक्काको यात्रामा छिन् ।
अल अरबिया च्यानलको वेभसाइटका अनुसार उनी मक्कामा पैगम्बर मोहम्मदसँग सम्बन्धित एक प्रदर्शनीमा सहभागी हुन मक्का पुगेकी हुन् ।
साराले त्यहाँ इस्लाम शिक्षाको महत्वमा जोड दिंदै हिंसा गर्न नहुने बताएकी छन् भने सहिष्णुतालाई अंगाल्न आग्रह पनि गरेकी छन् ।
किनियाकी नागरिक सारा आफ्ना छोरा (राष्ट्रपति ओबामाका काका) सईद ओबामा र नाति मुसा ओबामाका साथ मक्का पुगेकी हुन् ।
ओबामाका पिता बराक हुसैन ओबामा सीनियर किनिया मुलका थिए भने उनकी आमा एन डनहम अमेरिकी थिइन् ।
