समाचारबिहीबार, बैशाख १०, २०७२
‘सिमाङ्कनको जिम्मा आयोग र नामाङ्कनको प्रदेशसभालाई दिने प्रस्तावमा छलफल हुँदै’
नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले प्रदेश संख्या निर्धारण गरी सिमाङकनको जिम्मा आयोग र नामाङकनको जिम्मा प्रदेशसभालाई दिने प्रस्तावमा दलहरुवीच छलफल भईरहेको बताएका छन् ।
रिपोर्टर्स क्लबले १० वैशाखमा आयोजना गरेको साक्षात्कारमा उनले भने, “यो विषयमा एमाओवादी अध्यक्ष प्रचण्डले मोर्चामा छलफल गरेर जवाफ दिने भन्नु भएको छ, अहिलेसम्म उहाँ पनि यस प्रस्तावमा लचिलो हुनुहुन्छ ।”
मोर्चामा अलग अलग विचार बोकेका दल र नेताहरु हुँदा सहमतिको बाटोमा समस्या आईरहेको उनको भनाई थियो ।
“पूर्वी तराईका तीन र पश्चिम नेपालका दुई जिल्लालाई पहाडसँग जोड्ने बाहेक प्रदेशको सिमाङ्कन समेत आफै गर्नुस भनेर हामीले प्रचण्डजीलाई प्रस्ताव गरेका छौं ।
उनले अहिलेसम्म सहमति नभएको विषय संघीयता मात्रै भएको र त्यसमा पनि संख्यामा लगभग सहमति भईसकेको बताए ।
अहिलेसम्म भएका छलफलका आधारमा प्रदेशको सिमाङ्कनको जिम्मा विज्ञलाई दिएर सहमति भएका विषयलाई मस्यौदा समितिमा पठाउनुपर्नेमा उनको जोड थियो ।
