समाचारशनिबार, कार्तिक १८, २०६९
क्यासिनोबाट १५ जना जुवाडे पक्राउ
राजधानीमा सञ्चालित क्यासिनोहरुमा गैरकानुनीरुपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले १७ कार्तिक राति जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुबाट जुवा खेल्न प्रयोग हुने क्यासिनो भेनस लेखिएको एक हजार, पाँचसय, एकसय र दश दरको टोकन तथा २४ हजार नगद बरामद गरेको थियो ।
