समाचारशुक्रबार, बैशाख ११, २०७२

दाहालका दुई प्रस्ताव

हिमालखबर

Dahal Answers to Mediaएमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सङ्घीयता र शासकीय स्वरुपका विषयमा आफूहरु केही लचक हुन तयार रहेको आफूले तीन दलको बैठकमा जनाउ दिए पनि कुनै सहमति नगरेको बताएका छन् ।

११ वैशाखमा आफ्नै निवास लाजिम्पाटमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले भने, “कांग्रेस,एमालेले राखेको सात प्रदेश र हामीहरुले राखेको १० प्रदेशलाई संविधान लेखनको मस्यौदामा समावेश गरेर जनतामा जाऔँ, त्यस बीचमा सहमतिको प्रयास पनि गरीराखौँ यो नै सबैको जितको अवस्था हुनसक्छ ।”

दाहालले सहमतिका लागि आफूहरु सबै विकल्पमा छलफल गर्न तयार रहेको बताउँदै ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने पक्षमा नरहेको बताए ।

उनले भने, “सङ्घीयताको सङ्ख्यामा सहमति भए कतिपय जिल्लाको विषयमा आयोगमार्फत टुङ्ग्याउन सकिन्छ, त्यस्तै भूगोलको विषयमा सहमति भए नामाङ्कनको जिम्मा प्रदेशसभालाई दिन सकिन्छ ।”

केही दिनअघि प्रमुख तीन दलबीच सङ्घीयतालाई थाती राखेरै भए पनि संविधान लेख्ने सहमति भएको भन्ने प्रचारमा कुनै तुक नरहेको उनको दाबी थियो ।

‘मोर्चा विभाजन हुन सक्छ’
उनले प्रमुख विषयमा सहमति भए तीस दलीय मोर्चाका केही दल संविधान लेखनमा सहमतिमा आउने र केही दल सहमतिमा नआउने कुरा स्वाभाविक भएको बताउँदै त्यसबेला मोर्चामा विभाजन हुनसक्ने स्वीकार गरे ।

‘संविधान विरोधि देखाउन खोजियो’
संविधान लेखनका लागि भरमग्दुर प्रयास गरे पनि आफूलाई संविधान विरोधीका रुपमा प्रस्तुत गरिएको भन्दै दाहालले आपत्ति जनाए ।

उनले भने, “प्रचण्डले चाहे दुई घन्टामा सहमति हुन्छ भन्छन्, चाबी मेरो हातमा दिए दुई घन्टामै सहमति गरेर देखाइदिन्छु पनि, तर अहिले तेस्रो स्थानमा रहेको पार्टीले चाहँदैमा मात्रै केही हुन्न ।”

आगामी १७ वैशाखभित्र सहमति नभए प्रक्रिया अगाडि बढाउने सत्तारूढ दल र सभामुखको भनाइप्रति इङ्गित गर्दै त्यसो गरिए मुलुक गोलचक्करमा फस्ने उनले दाबी गरे ।

“प्रक्रिया अगाडि बढाउँदा समस्या सुल्झने होइन कि दीर्घकालीन समस्या बन्छ र मुलुक प्रतिगमनतर्फ फर्कने सम्भावना हुन्छ, वैशाख १७ गतेसम्म पनि सहमति हुन नसके थप सहमतिको प्रयास गर्नुपर्छ, ” दाहालले भने ।

द्वन्द्वकालका मुद्दाको सम्बन्धमा सर्वोच्चले दिएको फैसला सच्याउन आवश्यक रहेकामा उनले जोड दिएका थिए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>