समाचारशनिबार, बैशाख १२, २०७२
भूकम्पबाट ६८६ को मृत्यु, उपत्यकामा मात्रै ५००: गृहमन्त्रालय (अपडेट)

भुइचालोबाट भत्किएको दरबार हाइस्कुल । तस्वीर: देवकी बिष्ट
१२ वैशाखको भूकम्पबाट देशभर ६८६ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । यद्यपी तथ्याङ्क अद्यावधिक भइरहेकाले मृतकको संख्या धेरै बढ्ने अनुमान गरिएको छ ।
यसैगरी, काभ्रेमा ५४, धादिङमा ३५, मकवानपुरमा ९, ओखलढुंगामा १०, रामेछापमा ५, भोजपुरमा २, नुवाकोटमा ६, गोर्खामा १२ जनाको मृत्यु भएको छ ।
भारतको दिल्ली र देहरादूनसम्म महशुस गरिएको भूकम्पले देशभरका २८ जिल्ला प्रभावित भएको मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै काठमाडौं, ललितपुर, भक्तपुर, गोरखा, सिन्धुपाल्चोक र लमजुङमा क्षति पुगेको पनि मन्त्रालयले जनाएको छ ।
मध्याह्न करिब १२ बजे ठूलो परिमाणको भूकम्प गए पनि भूकम्पका स–साना झड्काहरु काठमाडौंमा बेलुका ६बजेसम्म महशुस गरिएको छ ।

भुइचालोपछि टुडीखेलमा जम्मा भएका सर्वसाधारण । तस्वीर: देवकी बिष्ट


तस्वीर: देवकी बिष्ट
