समाचारशनिबार, बैशाख १२, २०७२
भुइँचालोबाट सगरमाथामा हिमपहिरो, १० जनाको मृत्यु
भुइँचालोबाट सगरमाथा आधार शिविरसम्म झरेको हिमपहिरोमा परी करिब १० जनाको मृत्यु भएको छ ।
हिमपहिरोले आधारशिविरको एउटा भाग पूरै पुरेको छ भने मृतकको संख्या बढ्न सक्ने त्यहाँ रहेका पर्यटकहरुले ट्वीट गरेर जानकारी दिएका छन् । हिमपहिरोमा विदेशी आरोही साथै शेर्पाहरु पनि परेका छन् ।
रोमानियाका आरोही एलेक्सले ट्वीटरमा जनाए अनुसार ‘ठूलो’ हिमपहिरो गएको छ र त्यसबेला अधिकांश आरोहीहरु आधारशिविर माथि उक्लेका थिए । उनले आधार शिविरमा ठूलो क्षति पुगेको जनाएका छन् ।
पर्यटन मन्त्रालयका सह–सचिव कृष्ण सापकोटाका अनुसार सगरमाथा बेस क्याम्पमा मानवीय क्षति भएको खबर प्राप्त भए पनि फोन सम्पर्क हुन नसकेका कारण क्षतिको एकिन विवरण आइसकेको छैन ।
