समाचारसोमबार, बैशाख १४, २०७२

मेलम्चीमा ठूलो क्षति, उद्धार टोली पुगेन

हिमालखबर

भूकम्पका कारण मेलम्ची नगरपालिका र आसपासका क्षेत्रमा व्यापक मानवीय र भौतिक सम्पत्तिको क्षति भए पनि अहिलेसम्म सरकारी उद्धार टोली यहाँ पुग्न सकेको छैन ।

स्थानीय प्रयासमा भत्किएका संरचनाबाट १५० जनाको शव निकालिएको छ भने सयौं घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा र बालबालिका छन् ।

अहिलेसम्म स्थानीय प्रशासनका तर्फबाट कुनै उद्धारको प्रयास नभएको र स्थानीयवासी उद्धारको पर्खाइमा रहेको स्थानीय सरोज चौलागार्इंले जानकारी दिए । यहाँ खानेपानीको समेत हाहाकार भएको छ ।

भूकम्पबाट मेलम्ची नगरपालिकाका ९५ प्रतिशत घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने वडा नं ४ को भदौरेमा करिब एक किलोमिटर सुक्खा पहिरो जाँदा स्थानीयवासी थप त्रसित बनेका छन् ।

घटनामा परी सयौँको सङ्ख्यामा पशु चौपाया मरेका छन् । तिनीहरुलाई व्यवस्थित गर्न नसकिए त्यसले महामारी फैल्याउने डर त्यत्तिकै छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>