समाचारसोमबार, बैशाख १४, २०७२

भूकम्पपछि करिब ३०० यार्सागुम्बा सङ्कलक सम्पर्क बाहिर

हिमालखबर

शनिबारको भूकम्पपछि दोलखामा ३०० भन्दा बढी यार्सागुम्बा सङ्कलक सम्पर्क बाहिर रहेका छन् ।

लामाबगर गाविसमा यार्सागुम्बा सङ्कलनमा गएका ३०० जना भूकम्पपछि सम्पर्कमा नआएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

यसैगरी, लप्सीखोला जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गर्न दोलखा आएको १६ सदस्यीय टोलीसमेत भूकम्पपछि सम्पर्क बाहिर रहेको प्रजिअ लामिछानेले बताए ।
दोलखामा अहिलेसम्म भूकम्पबाट ४८ जनाको मृत्यु भएको छ । घाइते हुनेको सङ्ख्या ७६ बताइएको छ ।

यस्तै, गौरीशङ्कर गाविसको सिमीगाउँमा रहेका ११ जना पर्यटकको टोली भूकम्पपछि अलपत्र परेको समाचार छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>