समाचारसोमबार, बैशाख १४, २०७२

भूकम्पबाट मृत्यु हुनेको संख्या ३ हजार ७३३ पुग्यो

हिमालखबर

गृह मन्त्रालयले शनिबार गएको विनाशकारी भूकम्पबाट हालसम्म मुलुकभर तीन हजार ७३३ जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार हालसम्म ७ हजार दुई जना घाइते भएका छन् ।

त्यसैगरी मन्त्रालयलाई हालसम्म प्राप्त सूचना अनुसार १ हजार ९१४ वटा व्यक्तिगत घर ध्वस्त भएका छन् भने ४ हजार १८४ घर आंशिक रुपमा क्षतिग्रस्त भएको जनाएको छ ।

यद्यपी विभिन्न स्थानबाट सूचना संकलनको कार्य जारी नै रहेकाले यो संख्या अझै बढ्ने गृहमन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>