समाचारमंगलबार, बैशाख १५, २०७२

सिन्धुपाल्चोकमा मृतकको सङ्ख्या १३ सय नाघ्यो, ९० प्रतिशत कच्चिघर ध्वस्त

हिमालखबर

?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????सिन्धुपाल्चोकमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ३०० पुगेको छ ।

भूकम्पका कारण प्रहरीको समेत मृत्यु भएको, प्रहरी चौकी क्षतिग्रस्त भएको र सञ्चार सम्पर्क विच्छेद भएको कारण तथ्याङ्क सङ्कलनमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी कृष्ण ज्ञवालीले जानकारी दिए ।

“हामीलाई अहिले उद्धारको काम गर्न बाहिरबाट ठूलो जनशक्ति आवश्यक छ¬”–उनले भने । सञ्चार सम्पर्क नहुँदा राजनीतिक पार्टीहरुसँग समेत समन्वय गर्न गाह्रो भएको उल्लेख गर्दै प्रजिअ ज्ञवालीले उद्धार गर्न हेलिकप्टर तुरुन्तै चाहिएकोमा जोड दिए ।

उनले सिन्धुपाल्चोकमा रहेका ९० प्रतिशत कच्ची घर ध्वस्त भएको र विस्तृत विवरण आउँन बाँकी रहेको उल्लेख गरे । जिल्लाको बाह्रविसे प्रहरी चौकी क्षतिग्रस्त भएको छ भने गाउँगाउँमा सञ्चार सम्पर्क नहुँदा उद्धार कार्य पूर्णरुपमा प्रभावित भएको छ ।

उद्धारका लागि निजी कम्पनी र भारतीय हेलिकप्टरसमेत प्रयोगमा ल्याइए पनि पर्याप्त र प्रभावकारी हुन सकेको छैन । जिल्लाको जलवीरे, तातोपानी, शेर्पाथाङ, बाँसखर्क, फूलपिङकट्टीलगायत अधिकांश गाविसमा भूकम्पका कारणले ठूलो जनधनको क्षति भएको छ ।

“राहत कहिले आउँछ भन्ने प्रतिक्षामा बसेका छौँ,” प्रजिअ ज्ञवालीले भने ।
युवराज पाण्डे, रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>