समाचारमंगलबार, बैशाख १५, २०७२
जापान सरकारले ८ बिलियन यान सहयोग गर्ने
जापान सरकारले नेपालका भूकम्प पीडितका लागि करिब आठ बिलियन जापानी यान (करिब रु ८० करोड) बराबरको सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
जापान सरकारले आपत्कालीन अनुदान सहयोग अन्तर्गत उक्त रकमका साथै पीडितका लागि मानवीय सहयोग गर्न उद्धार टोली र राहत सामग्री पनि सँगै पठाउँदैछ ।
नेपालस्थित जापानी दूतावासले जारी गरेको विज्ञप्तिका अनुसार प्रभावकारी उद्धार र पुनःस्थापनाका लागि निरन्तर सहयोग गरिने जनाइएको छ ।
*सच्याइएको
