समाचारमंगलबार, बैशाख १५, २०७२
चार रेक्टरमाथिका १०१ वटा भूकम्प

भूकम्पले ध्वस्त बनाएको सिन्धुपाल्चोकको मेलम्ची बजार तस्वीर: कुमार चौलागाई
शनिबार ११:५६ बजे गएको शक्तिशाली भूकम्पसँगै हालसम्म चार रेक्टरमाथिका १०१ वटा भूकम्पको धक्का महसुस गरिएको छ ।
पछिल्लो समय १५ वैशाख साँझ ५ बजेर ३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
त्यसअघि नुवाकोट केन्द्रबिन्दु बनाएर ४:४४ बजे ४ रेक्टर स्केलको भूकम्प गएको थियो । दुई दिनको तुलनामा आज क्रमशः भूकम्पको धक्का कम हुँदै गएको छ ।
यसैबीच काभ्रेपलाञ्चोकबाट प्राप्त पछिल्लो विवरणअनुसार त्यहाँ भूकम्पबाट मृत्यु हुनेहरुको सङ्ख्या २७३ पुगेको छ भने एक हजार बढी घाइते भएका छन ।
रासस
