समाचारबुधबार, बैशाख १६, २०७२
मृतकको संख्या करिब ५ हजार पुग्यो
भूकम्पबाट मृत्यु हुनेहरुको संख्या ४ हजार ९८९ पुगेको छ ।
नेपाल प्रहरीका अनुसार १६ वैशाख विहान १० बजेसम्म देशभरबाट प्राप्त सूचना अनुसार शनिबार र त्यसपछि आएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ४ हजार ९८९ पुगेको छ भने १० हजार २६० जना घाइते भएका छन् ।
उद्दारको कार्य जारी रहँदा यो संख्या बढ्ने अनुमान गरिएको छ ।
