समाचारबुधबार, बैशाख १६, २०७२

भूकम्पपीडितलाई एमालेको ५० लाख

हिमालखबर

नेकपा एमालेले भूकम्प पीडितको सहयोगार्थ स्थापित राहत कोषमा रु.५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।

महासचिब इश्वर पोखरेलको संयोजकत्वमा गठित भूकम्प पीडित राहत, उद्धार र सहयोग समन्वय समितिको १६ बैशाखमा बसेको बैठकले पार्टीले कृषि विकास ब्यांकमा खोलेको खातामा सो रकम जम्मा गर्ने निर्णय गरेको हो ।

एमाले सचिब योगेश भट्टराईले बैठकबाट देश विदेशमा रहेका पार्टी कमिटी, कार्यकर्ता, समर्थक र सुभेच्छुकलाई पनि सो खातामा रकम जम्मा गर्न अपिल गरिएको जानकारी हिमालखबरलाई दिए । संकलित रकम प्रधानमन्त्री राहतकोषलाई बुझाइने भट्टराईले बताए ।

स्थानीय तहका पार्टी कमिटी र कार्यकर्ताहरु स्वस्फूर्त रुपमा भूकम्पपीडितको उद्धार, घाइतेलाई अस्पतालसम्म पुर्याउने तथा विचल्लीमा परेकालाई पाल उपलब्ध गराउने काममा लागिपरेको र केन्द्रिय स्तरमा समेत यसबारे समन्वय गर्न समिति गठन गरिएको भट्टराईले बताए ।

पार्टी सम्बद्ध स्वास्थ्यकर्मी संघ अस्थायी शिबिरहरुमा स्वास्थ्योपचारमा खटिएको र युवा तथा विद्यार्थीहरुले यातायात व्यवसायीसँग मिलेर काठमाडौंबाट बाहिर जान खोज्ने यात्रुहरुलाई सहज आवागमनको व्यवस्था मिलाएको एमालेले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>