समाचारबुधबार, बैशाख १६, २०७२

भाग्न खोज्नेकाे मृत्यु, सभाहलमा रोकिने सबै जिवित

हिमालखबर

१२ वैशाखमा गएकाे महाभूकम्पका बेला राजधानीको सितापाइलास्थित एक रेस्टुराँमा भर्‍याङतिर दौडने ६ जनाको मृत्यु भयो भने भाग्न नपाएर सभाहलमा रोकिने ३१ जना बाँचेका छन् ।

रेस्टुराँमा भइरहेको नेपाल जडीबुटी व्यवसायी सङ्घको साधारणसभामा भूकम्पपछि भागदौड मच्चिएको थियो । भूकम्पपछि घरबाहिर निस्कन भर्‍याङतिर भागेका छ जनाको निधन भयो भने भाग्न नपाएर सभाहलमा रोकिएका बाँकी ३१ जना सुरक्षित रहेको जीवितमध्येका अमरकान्त दासले बताए ।

भर्‍याङतिर दौडिएका सबैको माथिल्लो तला खस्दा च्यापिएर मृत्यु भयो भने सभाहलमा रहेकामध्ये केही भूकम्पपछि भर्‍याङबाट निस्किएर बाँचे भने बाँकीको सोही स्थानबाट उद्धार गरिएको दासले बताए ।

सो रेस्टुराँ र सँगैको चर्चघरबाट हालसम्म ५५ जनाको जीवितै उद्धार र ४९ जनाको शव निकालिएको छ । ती भवनमा अझै केही व्यक्ति हुनसक्ने आशङ्काले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, टर्कीस टोली र भारतीय टोली नियमित उद्धारमा खटिएको छ ।

उद्धारका लागि निकै जटिल मानिएको सो घरबाट आज मात्र सङ्घका सदस्य ५५ वर्षीय अर्जुनबहादुर केसीको शव निकालिएको सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक दुर्गाबहादुर कुँवरले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>