समाचारबुधबार, बैशाख १६, २०७२

बैदेशिक सहायताः नगद दिने भुटानमात्रै

हिमालखबर

महाभूकम्प पीडितका लागि थुप्रै मुलुक र दाताले सहयोगको घोषणा गरे पनि अहिलेसम्म भुटानले मात्र नगद सहयोग उपलब्ध गराएको छ ।

१६ बैशाखमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले अन्य मुलुकहरुबाट सहयोगको प्रतिबद्धता प्राप्त भएको बताए ।

भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे १३ बैशाखमा काठमाडौं आएर १० लाख अमेरिकी डलर प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए ।

“प्रतिबद्धता आउनु पनि ठूलो कुरा हो” रिजालले भने, “२५ भन्दा बढी देशबाट ठूलो सहायताको घोषणा भएको छ, त्यो पनि छिटै प्राप्त हुने आशा छ ।”

एशियाली विकास ब्यांक र सरकारबीच १६ बैशाखमा ३० लाख डलर नगद सहयोग उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मन्त्री रिजालले उद्धार कार्यमा सबैभन्दा बढी सहयोग उपलब्ध भएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>