समाचारबुधबार, बैशाख १६, २०७२
कार्यालय भत्किएपछि चाैंरमा एमाले स्थायी कमिटीकाे बैठक
१२ वैशाखमा गएकाे महाभूूकम्पका कारण नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय समेत क्षतिग्रस्त भएकाले पार्टीका बैठक र गतिविधि अन्य स्थानबाट हुन थालेकाे छ ।
केन्द्रीय कार्यालयको प्राङ्गण (चौंर) मा स्थायी कमिटी र उद्धार तथा राहत केन्द्रीय समन्वय समितिका बैठक बसे पनि आजदेखि सिंहदरबारस्थित संसदीय दलको कार्यलयबाट गतिविधि हुन थालेको छ ।
पार्टी महासचिव ईश्वर पोखरेलले जारी गरेकाे विज्ञप्ति अनुसार पार्टी कार्यालय सञ्चालन नै गर्न नमिल्ने गरी क्षतिग्रस्त भई पार्टीको आन्तरिक सूचना प्रणाली, सम्पर्क र समन्वयमा कठिनाइ उत्पन्न भएको र पार्टी कार्यालयमा टेलिफोन, विद्युत् आपूर्तिलगायत अत्यावश्यकीय सेवा अवरुद्ध भएका छन् ।
कार्यालय क्षतिग्रस्त भएपनि सङ्कटको बेलामा उच्च मानवीय संवेदनशीलता प्रदर्शन गरी केन्द्रको निर्देशनअनुसार परिचालित हुन एमालेले अन्तरपार्टी विशेष निर्देशन जारी गरेको छ ।
