समाचारआइतबार, कार्तिक १९, २०६९

ओलीलाई आज थप उपचारका लागि भारत लगिंदै

हिमालखबर

मेदान्ता द मेडिसिटी

उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका ओलीको स्वास्थ्यमा सुधार देखिएपनि उपचारको प्रक्रिया लामो हुने देखिएकाले थप उपचार र परीक्षणका लागि मेदान्ता अस्पताल लगिने एमालेले जनाएको छ ।

१८ कार्तिकमा ओलीलाई त्यसतर्फलगिने भनिएको भए पनि ढिलो खबर गरिंदा एअर एम्बुलेन्स आइ नपुगेका कारणले लग्न सकिएको थिएन ।
नेता ओलीका स्वकीयसचिव इन्द्र भण्डारीले ओलीको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको जानकारी दिए ।

१९ कार्तिक बिहान विभिन्न दलहरुका नेताहरु अस्पतालमा पुगि ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काङ्ग्रेस नेत्री सुजाता कोइराला र महिला, बालबालिका तथा समाजकल्याणमन्त्री बद्रीप्रसाद न्यौपानेले लगायतका नेताहरु थापाथलीस्थित नर्भिक अस्पतालमा गई नेता ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>