समाचारबिहीबार, बैशाख १७, २०७२

तीन जना कर अधिकृत र एक नासुको मृत्यु

हिमालखबर

revenueआन्तरिक राजस्व विभाग अन्तर्गतको करदाता सेवा कार्यालय महाराजगञ्जमा कार्यरत तीन जना अधिकृत र एक जना नायव सुव्वाको भूकम्पमा परी मृत्यु भएको छ ।

कार्यालयमा कार्यरत रहेकै अवस्थामा कर अधिकृतहरु मुक्ति पण्डित, विजय साह, कमला तिमल्सिना र नासु भास्कर सापकोटाको १२ वैशाखको महाभूकम्पका कारण कार्यालय भत्कँदा च्याँपिएर मृत्यु भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

कार्यालय भवन पूर्ण रुपले क्षतिग्रस्त भएकाले तत्कालका लागि आन्तरिक राजस्व कार्यालय काठमाडौं क्षेत्र नं. ३ संचालन भएको नया“ भवन डाइमण्ड टावर (होटल ग्याङजोङ, लाजिम्पाटसंगै रहेको) मा कार्यालय संचालन गर्ने तयारी भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>