समाचारबिहीबार, बैशाख १७, २०७२
वेपत्ता भनिएका ११ प्रहरी सम्पर्कमा
दोलखामा कार्यरत पाँच दिनदेखि सम्पर्क विहीन ११ जनाको प्रहरी टोली १७ वैशाख दिउँसो सम्पर्कमा आएको छ ।
श्री एयरलायन्सको हेलिकप्टर लगेर खोजतलास गर्न गएको टोलीले ११ जनाको प्रहरी टोलीलाई चिलङ्खा र खोपाचागु गाविसका बीचमा रहेको बिगुमा सकुशल अवस्थामा भेटाएको हो ।
प्रहरी सहायक निरीक्षकसहितको टोलीको खोजी गर्न प्रहरी उपरीक्षक सुरेशविक्रम शाह र प्रहरी नायब उपरीक्षक अजय केसी हेलिकप्टर लिएर आफैँ त्यसतर्फ गएका थिए ।
घाइते अवस्थामा भेटिएका प्रहरी हवल्दार भुवनकुमार तामाङको उद्धार गरेर अहिले सदरमुकाम चरीकोट ल्याइएको छ ।
“सकुशल भेटिएका १० जनालाई उतै भूकम्पपीडितको उद्धारमा खटाएका छौँ” प्रहरी नायब उपरीक्षक केसीले भने ।
*सच्याइएको
