समाचारबिहीबार, बैशाख १७, २०७२

सिन्धुपाल्चोकमा मृतक संख्या १८२० पुग्यो, अझै केही गाविस सम्पर्क बाहिर

हिमालखबर

महाभूकम्पबाट बढी प्रभावित बनेको सिन्धुपाल्चोकमा मृतकको संख्या १८२० पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार दिउँसो ४ बजेसम्मको तथ्याङ्क अनुसार ७१४ जना घाइते भएका छन् । भूकम्पसँगै गएको पहिरोले अरणी राजमार्ग भत्किएकाले अझै केही गाविस सम्पर्क बाहिर रहेकाले मृतक संख्या बढ्न सक्ने सहायक प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद उपाध्ययले बताए ।

उनका अनुसार तातोपानी, लिस्ती, मार्विन, फुलपिङकट्टी सम्पर्क बाहिर छन् । त्यहाँ विजुली र टेलिफोनको लाइन काटिएकाले उद्धारमा समस्या भएको छ । अवरुद्द सडक खुलाउने स्थानीय प्रयत्न सफल हुन सकेकाे छैन ।

जिल्लाकाे प्रमुख बजारहरु बाह्रबिसें, लामोसाँघु, बलेखी, सुकुटेचेहेरेका घरहरु ९० प्रतिशत ध्वस्त भएका छन् भने गाउँ क्षेत्रमा ९५ घर ध्वस्त भएका छन् । पुरै जिल्ला विचल्ली परेकाले आवश्यक उद्धार र राहत पुर्‍याउन कठिन भइरहेको सहयाक प्रजिअ उपाध्ययले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>