समाचारशुक्रबार, बैशाख १८, २०७२
यसरी हुँदैछ चामत्कारिक उद्धार
महाभूकम्पको प्रलय आएको ६ दिन दिपछि पनि भग्नावशेषमा फसेकाको जिवितै उद्धार भइरहेको छ। खोजि तथा उद्धार अभियान सुरू भएको छैटौं दिनसम्म भग्नावशेषमा फसेका ८ सय ७२ जनाको ज्यान जोगिएको छ।
भुकम्पबाट भत्किएका संरचनामा फसेकाहरूको उद्धार र खोजीमा‘लाइफ डिटेक्टर मेसिन’(जिवित या मृत पत्ता लगाउने), थर्मल एक्सरे, आधुनिक क्यामेरा भग्नावशेषबाट बाहिर निकाल्ने विशेष स्ट्रेचरलगायत सामाग्री प्रयोग भइरहेका छन्। ब्यक्ति पहिल्याउने तालिम लिएको कुकुरसमेत सहयोगि बनेको छ।
भुकम्पको विनाशसँगै खोजी र उद्धारमा खटिएको नेपाली टोलीसँग तालिमप्राप्त कुकुरबाहेक अन्य उपकरण छैन। पिक, सावेल ढलान फुटाउने फलाम काट्ने मेसिन सामान्य प्रकृतिको हेल्मेट र स्ट्रेचरको भरमा भग्नावशेषबाट पुरिएकाहरूको उद्धारमा खटिएका छन् सशस्त्र प्रहरी टोली। अर्को टोली नेपाली सेना र प्रहरीसँग भएको उपकरण पनि समान्य नै हो ।
यस्तोमा खोजि र उद्धारमा सहयोगि बनेर आएका छन् १२ देशका आधुनिक प्रविधियुक्त उद्धारकर्मीहरू।
नागरिक दैनिकबाट
