समाचारशुक्रबार, बैशाख १८, २०७२
महाभूकम्पमा मर्नेकाे संख्या ६२०४ पुग्याे
महाभूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ६ हजार २०४ पुगेको छ ।
गृह मन्त्रालयले केहीबेर अगाडि उपलब्ध गराएको जानकारी अनुसार घाइते हुनेको सङ्ख्या १३ हजार ९३२ पुगेको छ । भूकम्पका कारण १० हजार ३९४ सरकारी घर पूर्ण रुपमा क्षति भएका छन् । आंशिक रुपमा १३ हजार ८८० घर क्षति भएका छन् ।
सर्वसाधारणका एक लाख ३८ हजार १८२ पूर्ण क्षति भएका छन् भने आंशिक एक लाख २२ हजार ६९४ भर घर क्षति भएका छन् ।
गृह मन्त्रालयका अनुसार पूर्वाञ्चलमा ५२ को मृत्यु र ३०९ घाइते, मध्यमाञ्चलमा सबैभन्दा बढी पाँच हजार ७३५ मृत्यु र १२ हजार ४०३ घाइते, पश्चिमाञ्चलमा ४१५ मृत्यु र एक हजार १९६ घाइते र मध्यपञ्मिाञ्चलमा दुईको मृत्यु र २४ घाइते र सूदूर पश्चिमाञ्चलमा भूकम्पबाट कुनै पनि मानवीय क्षति भएको छैन ।
