समाचारआइतबार, कार्तिक १९, २०६९

एमाओवादीले सरकार नछाड्नेः मन्त्री शर्मा

हिमालखबर

नेपालगञ्जमा १९ कार्तिकमा आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्रीसमेत रहेका एमाओवादी पोलिटब्यूरो सदस्य दिनानाथ शर्माले परिवर्तनका अन्य उपलब्धि सुनिश्चित नभएसम्म आफ्नो दलले कुनै हालतमा सरकार नछाड्ने अडान दोहोर्‍याए । सहमतिका बुँदालाई संविधानको रुपमा घोषणा गर्ने र विवादित विषयमा सहमति भएपछि मात्र सरकार छाड्ने शर्माको भनाई छ ।

नेपाली काँग्रेस र नेकपा एमालेले संविधान निर्माणलाई छोडेर सत्ता परिवर्तनको विषयलाई मात्रै जोड दिएको दाबी गर्दै उनले आफूहरुले सरकार नछाड्ने बताए ।
मन्त्री शर्माले राष्ट्रपति  रामवरण यादवले प्रतिगमनकारी शक्तिलाई बोलाएर प्रतिगमनको षड्यन्त्र गरिरहेको आरोपसमेत लगाएका थिए ।

यसअघि एमाओवादीका अर्का नेता कृष्णबहादुर महराले धुलिखेलमा आयोजित कार्यक्रममा सरकारको नेतृत्व अन्य दललाई हस्तान्तरण नगरिने बताएका थिए ।

मुलुकलाई वर्तमान संकटबाट निकास दिन राष्ट्रिय सहमतिको सरकार गठन गर्नेबारेमा दलहरुबीच हुने गरेका छलफलमा पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो दलले सरकारको नेतृत्व नछाड्ने अडान राख्दा सहमति बन्न सकिरहेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>