समाचारशुक्रबार, बैशाख १८, २०७२

प्रधानमन्त्रीले भने, ‘राहत सामग्री छिट्टै पुर्‍याउनुस्’

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर भूकम्प प्रभावित स्थानमा तुरुन्त राहत सामग्री पुर्‍याउन नेपाली सेनालाई निर्देशन दिएका छन् ।

राहत वितरणको अवस्थाका बारेमा बुझ्न १८ वैशाख बिहान विमानस्थल पुगेका प्रधानमन्त्री कोइरालाले मुलुकभित्रको र बाहिरबाट आएको राहत सामग्री विमानस्थलमा नराखेर तुरुन्त भूकम्प प्रभावित स्थानमा पु¥याउन निर्देशन दिए ।

प्रधानसेनापति गौरवशम्शेर जबराले प्रधानमन्त्रीलाई हालसम्म प्राप्त राहत सामग्रीको विवरणका साथै सेनाले वितरण गरेको राहतका बारे जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>