समाचारशुक्रबार, बैशाख १८, २०७२
धरहराको भग्नावशेषबाट ५० शव निकालियो
१२ वैशाखमा गएको भूकम्पले पूर्णरुपमा ध्वस्त भएको धरहराको भग्नावशेषबाट १८ वैशाखसम्म ५० वटा शव निकालिएको छ ।
क्षतिग्रसत भीमसेनस्तम्भ वरपर दुर्गन्ध फैलन नदिन काठमाडौँ महानगरपालिका तथा स्थानीय युवा क्लबले फिनेल छर्केका छन् ।
भग्नावशेष हटाउन नेपाल प्रहरी र महानगरपालिकाका पाँच टिपर, तीन डोजर र स्काभेटर परिचालित छन भने उक्त क्षेत्रको सुरक्षामा ६० प्रहरी खटिएका प्रहरी नायब उपरीक्षक वेद विष्टले बताए ।
