समाचारशुक्रबार, बैशाख १८, २०७२
फेसबुकले नेपालका लागि १ करोड डलर उठायो
फेसबुकले भूकम्प प्रभावित नेपालका लागि दुई दिनमै १ करोड डलर (करिब १ अर्ब रुपैयाँ) भन्दा भन्दा बढी रकम संकलन गरेको छ ।
फेसबुकमा भूकम्प प्रभावित नेपालमा भइरहेको राहत कार्यलाई सहयोग गर्न सकिने व्यवस्था मिलाइएको दुई दिनमै सहयोग रकम १ करोड डलर भन्दा बढी संकलन भएको फेसबुकका संस्थापक मार्क जुकरवर्गले बताएका छन् ।
जुकरबर्गले उक्त रकममा फेसबुकका तर्फबाट २० लाख डलर थपिने पनि बताएका छन् ।
टाइमबाट
