समाचारशुक्रबार, बैशाख १८, २०७२

दैनिकी तथा पेसा व्यवसाय सुचारु गर्न आग्रह

हिमालखबर

उद्योग मन्त्रालयले सर्वसाधारणलाई सुरक्षित महसुस भई दैनिकी तथा पेसा व्यवसाय सुचारु गर्न आग्रह गरेको छ ।

उद्योग मन्त्रालयले १८ वैशाखमा विज्ञप्ति जारी गरी भूकम्पको पराकम्पन जारी रहे पनि पराकम्पनको शक्ति प्रत्येक दिन क्रमशः घट्दो र दुई पराकम्पनबीचको अन्तराल क्रमशः बढ्दै गएको जानकारी गराउँदै आफ्ना दैनिकी तथा पेसा व्यवसाय सुचारु गर्न आग्रह गरेको हो ।

मन्त्रालयका सूचना अधिकारी दिनेशकुमार घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भविश्यमा पनि कम शक्तिशाली र लामो अन्तरालका पराकम्प काठमाडौं केन्द्रविन्दु बनाई आक्कल झुक्कल आउन सक्ने भएकाले आफ्ना वासस्थान, पेसा व्यवसाय गर्ने ठाउँ र भौतिक पूर्वाधारको राम्रोसँग जाँच गराई सुरक्षित महसुस गरी आफ्नो दैनिकी र पेसा व्यवसाय सुचारु गर्न आग्रह गरिएको छ ।

भूकम्पको पराकम्पन महसुस भएमा त्यस्तो भवनको आसपास सुरक्षित स्थानको पहिचान गरी आफू र आफन्तको सुरक्षा गर्नुहुनु मन्त्रालयले जानकारी गराएको छ ।

भूकम्प सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिक, आध्यात्मिक वा शास्त्रीय स्रोतलाई उल्लेख गरी फैलाइएको कुनै पनि हल्लाको पछि नलागी सरकारका निकायहरु खानी तथा भूगर्भ विभाग, उद्योग मन्त्रालय, गृह मन्त्रालयबाट जारी हुने सूचना तथा अनुरोधलाई अवलम्बन गर्न विज्ञप्तिमा उल्लेख गरिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>