समाचारआइतबार, कार्तिक १९, २०६९

कोइरालाद्वारा एमाओवादीलाई चेतावनी

हिमालखबर

९ कार्तिकमा कास्केली प्रजातान्त्रिक समाजद्वारा प्रकाशित स्मारिकाको राजधानीमा विमोचन गर्दै सभापति कोइरालाले लोकतन्त्रमा मात्र नयाँ नेपाल सम्भव भएको बताउँदै लोकतान्त्रिक मूल्य मान्यतासँग कांग्रेसले कसैसँग सम्झौता नगर्ने दोहोर्‍याए ।

सभापति कोइरालाले वर्तमान सरकारको नेतृत्वमा निस्पक्ष चुनाव हुन नसक्ने भन्दै राष्ट्रिय सहमतिको सरकार अपरिहार्य रहेको बताए । उनले भने, “सरकारको एकल निर्णयका कारण संविधानसभा विघटन भएकाले विश्वासको संकट उत्पन्न भएको छ ।”

कोइरालाले अन्तरिम संविधानको प्रावधान विपरीत वर्तमान सरकार अघि बढेको भन्दै  माओवादीको एकल निर्णयले मुलुकलाई हित नहुने टिप्पणी गरे । सहमतीय राजनीतिको परम्परालाई तोडेर अघि बढ्न खोजे जुनसुकै शक्तिको पनि दुर्गति हुने उनको भनाई थियो ।
“कांग्रेसले कसैले भन्दैमा प्रधानमन्त्रीको लागि दरखास्त हाल्दैन, कांग्रेस पदको लागि नभई राजनीतिक सङ्कट निकासको लागि सहमतिको वातावरण बनाउन चाहन्छ,” सभापति कोइरालालाले थपे ।

कार्यक्रममा मदन पुरस्कारद्वारा पुरस्कृत ‘सेतो धर्ती’ उपन्यासका लेखका अमर न्यौपानेलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>