समाचारशनिबार, बैशाख १९, २०७२
सर्वोच्चले २५ बैशाखसम्म सुनुवाई बन्द गर्ने
सर्वोच्च अदालतले २५ वैशाखसम्म मुद्दा र सुनुवाईको काम बन्द गर्ने भएको छ ।
सर्वोच्च अदालतको भवन तीन ठाउँमा चीरा परेको हुनाले सेवाग्राहीको चापलाई ध्यानमा राखी दैनिक कार्य सञ्चालन गर्न नसकिने भएकाले मुद्दा सुनुवाईको काम बन्द गर्ने निर्णय गरिएको अदालतका सहप्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
भवनको वस्तुस्थिति अध्ययनका लागि सर्वोच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठको संयोजकत्वमा एक समिति गठन भएको थियो ।
उक्त समितिको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै भवन चिरा परेकोले कार्यसम्पादन गर्न नसकिने बताइएको हो ।
अरु अदालत २० गतेबाट खुल्ने
त्यस्तै काठमाडौं उपत्यका र बाहिर बन्द रहेका अदालतहरु २० बैशाखदेखि खुल्ने भएका छन् ।
भूकम्पपीडितको सहयोगका लागि प्रधान न्यायाधीश रामकुमारप्रसाद साहसहित सबै न्यायाधीसहरुले आधा महिनाको तलव प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा दिने निर्णय भएको समेत सहप्रवक्ता दाहालले जानकारी दिए ।
