समाचारशनिबार, बैशाख १९, २०७२
मृतकको सङ्ख्या ६,६२१ पुग्यो
गत शनिबार र आइतबार गएको भूकम्पमा परी मर्नेको सङ्ख्या ६ हजार ६२१ पुगेको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले केही बेरअघि उपलब्ध गराएको जानकारीअनुसार घाइते हुनेको सङ्ख्या १४ हजार ५६६ पुगेको छ ।
भूकम्पका कारण सर्वसाधारणका १लाख ३० हजार ४९३ घर पूर्ण क्षति भएका छन् भने आंशिक एक लाख ३४ हजार ९६३ घर क्षति भएका छन् ।
सरकारी घरहरु १० हजार ४६४ पूर्णरुपमा क्षति भएका छन् । आंशिकरुपमा १४ हजार १६८ घर तथा भवन क्षति भएका छन् ।
पूर्वाञ्चलमा ५२ जनाको मृत्यु र ३०९ जना घाइते, मध्यमाञ्चलमा ६ हजार १४९ मृत्यु र १३ हजार ३५ घाइते, पश्चिमाञ्चलमा ४१८ मृत्यु र एक हजार १९७ घाइते र मध्यपश्चिमाञ्चलमा दुईको मृत्यु र २५ घाइते भएका छन् ।
गृह मन्त्रालयका अनुसार सुदूर पश्चिमाञ्चलमा भूकम्पबाट सात वटा सरकारी कार्यालय आंशिक क्षति भएका छन् भने सर्वसाधारणका ६ घरमा आंशिक क्षति भएको छ । सो क्षेत्रमा कुनै पनि मानवीय क्षति भने भएको छैन ।
