समाचारशनिबार, बैशाख १९, २०७२

यस वर्ष पनि सगरमाथा आरोहण स्थगित

हिमालखबर

१२ वैशाखमा गएको महाभूकमपले सगरमाथा आधारशिविरमा हिमपहिरो गई १८ जना आरोही तथा शेर्पा गाइडको मृत्यु भएपछि यसवर्षको आरोहण स्थगित गरिएको छ ।

हिमपहिरोले ८४ जना घाइतेका हुनुका साथै एक महिना लगाएर बनाइएको खुम्बु आइसफलको बाटो, ग्ल्यासियरमा विeverest-quake-witnesses-facebookJumboछ्याइएका अधिकांश भ¥याङहरु पुरिएकाले पनि यो वर्षको सगरमाथा आरोहण स्थगित गरिएको हो ।

सगरमाथा आधारशिविरमा मात्र होइन नेपालभरीनै भुकम्पले ठूलो जनधनको क्षती गरेपछि विदेशी तथा स्वदेशी आरोहीहरु स्वतःस्फुर्त रुपमा आरोहण स्थगित गरी आधारशिविरबाट लुक्ला झरिसकेको सगरमाथाको आधारशिविरमा रहेका पिक प्रोमोशन एक्स्पीडिसन एण्ड ट्रेकिङ प्रालिका क्लाइम्बिङ शेर्पा आङफुला शेर्पाले बताए ।

शेर्पाले भने “पुमोरी हिमालबाट हिमपहिरो खस्दा आधारशिविरमा रहेका आरोही, क्लाइम्बिङ शेर्पा र सहयोगी बस्ने पालहरु सबै पुरिए । अधिकांशसँग आवश्यक खानेकुरा तथा सामान छैन, यस वर्षको सगरमाथा आरोहण स्वतःस्फुर्त रुपमा स्थगित भएको छ ।”

हिमपहिरोमा परी ६१ जना मात्रै घाईते भनि सरकारले दिएको सूचना गलत भएको शेर्पाले बताए ।

उनले भने ‘सगरमाथाको आधारशिविरबाट ८४ जना घाइतेहरुलाई त हामी क्लाइम्बिङ शेर्पाहरु आफैंले हेलिकोप्टर चढाएर पठाएका हौं, अनि कसरी भयो घाइतेको संख्या ६१ ?”

“पर्यटन मन्त्रालयले सगरमाथा आरोहणको लागि ४२ टोली तयारी अवस्थामा रहेको भन्ने सूचना दिए पनि आधारशिविरमा कोहि आरोहीहरु छैनन्,” शेर्पाले थपे ।

सगरमाथा आरोहणमा गएका आरोहीहरु धमाधम फर्कने क्रम जारी छ । अहिलेसम्म सेभेन समिटको ९५ विदेशी आरोही सहित क्लाइम्बिङ शेर्पा, सहयोगीहरु फर्किसकेका छन् । त्यसैगरी आर एमको ३५ जना विदेशी आरोही, इन्टरनेश्नल माउण्टेन गाइड (आइएमजी) को ३५ जना भन्दा बढी विदेशी र ३५ जना नै क्लाइम्बिङ शेर्पा, एडभेञ्चर कन्ट्रक्सनको १२ जना विदेशी आरोही तथा १२ जना शेर्पा, अरुण ट्रेकको ३५ जना विदेशी आरोहीहरु फर्किसकेका छन् ।

अन्य आरोहण दलमा हिल एडभेञ्चर, टि सप नेपाल, चोयु टे«क, एसियन ट्रेक, प्रिस्टेज ट्रेक, परिवार ट्रेक, छिरिङमा ट्रेक, समिट क्लाइमिङ र ब्रिटिस गोर्खाको २९ जना विदेशी सहित ६० जना आरोहीहरु आधारशिविरबाट फर्किसकेका छन् ।

अहिले सगरमाथा आधारशिविरमा केही बचेका सामान रुग्ने र हराइरहेका सामानहरु खोज्ने मात्र छन् ।
सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) का आधिकारिक प्रतिनिधि कोही पनि आधारशिविरमा छैनन्, सबै फर्किसकेका छन् ।

एसपीसीसीको सम्पूर्ण पाल हिमपहिरोले क्षतविक्षत पारेपछि उनीहरुले आधारशिविर छोड्नु परेको थियो ।

“गत वर्षको जस्तै भयो यसपाली पनि, बाँकी रहेका सामानहरु आधारशिविरबाट तल झार्ने भरिया अहिलेसम्म पाइएको छैन, हिमाली क्षेत्रमा ढुवानी गर्न प्रयोग गरिने याक, जोप्के समेत पाइएको छैन” शेर्पाले भने ।

पोहोर पनि सगरमाथामा हिमपहिरो गई १६ जना शेर्पा गाइडको मृत्यु भएपछि आरोहण स्थगित गरिएको थियो ।

बुद्धवीर बाहिङ, सोलुखुम्बु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>